Get Our Android App

अष्ट्रेलियामा कामदार अभाव

अष्ट्रेलियाका विभिन्न क्षेत्रमा कामदारको अभाव हुन थालेको छ । होटल र रेष्टुरेन्ट जस्ता हस्पिटालिटी क्षेत्र समेत यो समस्याबाट अछुतो छैनन् ।



३० वर्षदेखि होटल व्यवसाय गर्दै आएकी बोधी रेष्टुरेन्टकी मालिक हेभन लेले अहिले जस्तो अभाव यसअघि कहिल्यै नदेखेको बताउँछिन् ।लेका अनुसार भाँडा माझ्ने व्यक्तिले प्रतिघण्टा ५० अमेरिकी डलर माग्ने गरेका छन् र प्रतिस्पर्धीहरूले रेष्टुरेन्टका म्यानेजरलाई सम्भावित कामदारका लागि पहिला नै २० हजार डलर बोनस दिन थालेका छन् ।

 

अष्ट्रेलियामा बेरोजगार दर उच्च रहेको तर भाँडा माझ्ने मान्छे नपाएको लेको भनाइ छ । ‘यहाँ बेरोजगार दर उच्च छ तर यस्ता काम गर्ने मानिस पाउन किन कठिन भइरहेको छ भनेर बुझ्न सकेकी छैन,’ लेले भनिन्, ‘कैयौं अष्ट्रेलियालीले यो काम गर्न चाहन्नन् र यो कुरा मैले बुझ्न सकेकी छैन ।’

 

कोभिड महामारीपूर्व होटल क्षेत्रमा काम गर्ने अधिकांश दक्ष कामदारमध्ये विदेशी विद्यार्थी र अष्ट्रेलिया घुम्न आएका मानिसको संख्या धेरै थियो । उनीहरू घर गएका कारण र अन्तर्राष्ट्रिय सीमा बन्द भएपछि कामदारको अभाव हुन थाल्यो ।

 

अष्ट्रेलियाले आफ्नो अन्तर्राष्ट्रिय सीमाना पुन: खुला गरेको छ । तर तत्कालै विदेशी कामदार फर्कने सम्भावना कम भएको लेले बताइन् । फाइनान्सिइल रिभ्यूसँग कुरा गर्दै आफ्ना कर्मचारीलाई न्यूनतम तलब (प्रतिघण्टा २५ अमेरिकी डलर) भन्दा बढी दिएको समेत उनले सुनाइन् ।

 

लेका अनुसार भाँडा माझ्ने मान्छेले एक घण्टाको ३५ डलर माग्ने गरेका छन् । होटेल व्यवसायीहरूले शनिबार र आइतबार एक घण्टा भाँडा माझेको ५० अमेरिकी डलरसम्म तिर्ने गरेका छन् ।केही समयअघि लेको रेष्टुरेन्टमा काम गर्दै आएका एक अनुभवी बारटेन्डरले सिड्नी बाहिर गएर काम गर्न लागेको बताएका थिए । ती बारटेन्डरले आफ्नै रेष्टुरेन्टमा काम गरून् भन्ने उनको चाहना थियो । तर काममा आउँदा लाग्ने पेट्रोल र पार्किङ खर्च मागेपछि उनले ती व्यक्तिलाई काममै राख्न अस्वीकार गरिन् ।

 

पछिसम्म यस्तै नजीर बस्न सक्ने भन्दै अनुभवी बारटेन्डरको माग अस्वीकार गरेको लेको भनाइ छ । यही कारण भाँडा माझ्ने मान्छेलाई घण्टाको ५० अमेरिकी डलर नदिने पनि उनले सुनाइन् ।

 

एक पटक लेका मुख्य सेफ नै भाँडा माझ्ने स्थानमा आएर सघाएका थिए ।

 

उत्तरी सिड्नीस्थित बारलुमका म्यानेजर एडम चोकरले पनि भाँडा माझ्ने मान्छेसहित दक्ष तथा अदक्ष कामदारको अभाव भएको सुनाए । नयाँ मुख्य सेफसहितका कर्मचारी पाउन निकै कठिन भएपछि कफी र पास्ट्री मात्रै बनाउन थालेको चोकर बताउँछन् ।

 

त्यस्तै, अन्तर्राष्ट्रिय सीमाना खुला भएपछि अवस्था सहज हुने तर सहज हुन झण्डै ६ महिना लाग्न सक्ने चोकरले बताए । ‘भेन्युहरू निकै व्यस्त छन्, हामीले अझै पैसा कमाउन सक्छौं,’ उनले भने, ‘तर हामीले सधैं ढोका खोल्न सकेका छैनौं ।’

 

विशेषगरी विदेशी विद्यार्थी घर जाँदा होटल तथा पर्यटन क्षेत्रमा समस्या देखिएको हो । लि कोर्डन ब्लेउ क्याम्पसका कार्यकारी डिन एवं प्राध्यापक एलन बोवेन जेम्सले आफ्नो क्याम्पसमा सिकारु कामदारको रुपमा काम गर्ने विदेशी विद्यार्थीको संख्या निकै घटेको बताए ।

 

‘यदि हाम्रो भविष्यबारे सरकार गम्भीर छ भने ती विद्यार्थीलाई पुन: ल्याउनुपर्छ,’ प्राध्यापक जेम्सले भने ।

यो पनि, रोनाल्डो विश्वकप खेल्न कतार नआउने

एजेन्सी – सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को लागि सोझै छनोट हुन असफल भएको छ । घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा सर्वियासँग २-१ ले स्तब्ध हुदै पोर्चुगल विश्वकपमा सोझै छनोट हुन असफल भएको हो । यो जितले सर्वियाले पोर्चुगललाई पछि पार्दै समूह ‘ए’ बाट विश्वकपमा स्थान पक्का गरेको छ ।

 

पोर्चुगललाई विश्वकपमा सोझै छनोट हुन बराबरीको नतिजा पर्याप्त हुने भएपनि हार बेहोर्न पुग्दा विश्वकपमा छनोट हुन असमर्थ बन्यो । अब पोर्चुगलले प्ले अफको बाटोबाट विश्वकप छनोटका लागि खेल्नेछ । प्ले अफका खेलहरु मार्चमा हुनेछ ।

 

सर्वियाको जितमा डुसान टाडिक र एलेक्सानडर मित्रोभिकले गोल गरे । रेनाटो सान्चेजको गोल सान्त्वना बन्यो । लिस्वोआमा आइतबार राति भएको खेलमा पोर्चुगलले खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजको गोलबाट अग्रता लिएको थियो । उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए ।

 

तर, त्यो अग्रतालाई पोर्चुगलले अन्तिम समयसम्म जोगाउन सकेन । ३३औं मिनेटमा डुसान टाडिकले सासा लुकिकको पासमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । घरेलु टोली पोर्चुगलले सर्वियासँग बल पोसेसन समेत गुमाएको थियो ।

 

खेलको अन्त्यतिर ९०औं मिनेटमा एलेक्सान्डर मित्रोभिक गोल गर्दै सर्वियाको जित पक्का गर्दा पोर्चुगल घरमै स्तब्ध बन्न पुग्यो । टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलमा गतिलो प्रदर्शन गर्न सकेनन् ।समूह ‘ए’ मा सर्वियाले ८ खेलबाट २० अंक जोड्यो । पोर्चुगलले १७ अंक जोड्यो । यो समूहमा आयरल्यान्ड र लक्जेमवर्गले समान ९ अंक जोड्दा अजरवैजान १ अंक जोडेर पुछारमा रह्यो ।

 

यही समूहको अर्को खेलमा आयरल्यान्डले लक्जेमवर्गलाई ३-० ले पराजित गरेको ट । आयरल्यान्डको जितमा सेन डुफी, चिडोजी ओग्वेने र कलुम रोविन्सनले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *