Get Our Android App

प्राधिकरणको लापरवाहीले २० वर्षीय सुशिलको अकालमै मृत्यु

काठमाडौँ – काभ्रेमा प्राधिकरणको लापरवाहीले गर्दा एक युवकको ज्यान गएको छ । पनौति नगरपालिका वडा २ कुशादेवमा बत्ती बनाउन जाँदा २० वर्षीय सुशिल घिमिरेको करेण्ट लागेर मृत्यु भएको हो ।



 

पुरै बोलखे गाँउमानै बत्ती गएपछि पनौति नगरपालिका वडा ३ कुशादेवी बस्ने घिमिरे बत्ती बनाउन त्यहाँ गएका थिए । बुधबार साँझ स्थानीयले बनेपा विद्युत् प्राधिकरणलाई पहिले नै बत्ती काट्न जानकारी गराइसकेको थियो । प्राधिकरणलाई जानकारी गराएर ट्रान्समिटरमा बत्ती बनाउन गए पनि बिना सूचना विद्युत् प्रवाह गर्दा साँझ ६ बजे उनको मृत्यु भएको थियो । मृतक घिमिरे वाइरिङको काम गर्दै आएका थिए ।

 

अहिले बनेपा प्राधिकरणको स्थिति तनावग्रस्त बनेको छ । स्थानीयले प्राधिकरणमा धर्ना दिइरहेका छन् । उनीहरुले दोषीलाई कारवाही गरी मृतकको परिवारले न्याय पाउनु पर्ने माग गरेका छन् । प्रहरीले प्राधिरणका कर्मचारी हरि हुमागाई र गणेश बञ्जारलाई हिरासतमा राखेको छ । स्थानीयले लाईन नखोल्न आग्रह गर्दा पनि लाईन खोल्देको भन्दै उनीहरुलाई हिरासतमा लिएको हो । उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *