Get Our Android App

युरोपकै सबैभन्दा बढी सङ्क्रमित रहेको मुलुक बेलायत

कोरोना सङ्क्रमणका आधारमा बेलायत युरोपमै अग्र स्थानमा पर्दछ ।



 

बेलायतमा महिनौँ अघिदेखि दैनिक ४० हजारको हाराहारीमा सङ्क्रमित थपिने गरेको छ । यहाँ पछिल्लो एक सातामा दुई लाख ४८ हजार भन्दा बढी सङ्क्रमित फेला परेको तथ्यांकले देखाएको छ ।

 

बेलायतमा पछिल्लो २४ घण्टामा थप ४० हजार ३७५ जना नयाँ सङ्क्रमित भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै यहाँ कुल सङ्क्रमितको सङ्ख्या ९४ लाख ८७ हजार ३०२ पुगेको छ ।

 

यसै गरी बितेको २४ घण्टामा १४५ जना सङ्क्रमितको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४२ हजार ६७८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *