Get Our Android App

मकवानपुरमा सरकारी गाडी दुर्घटना हुदाँ

हेटौंडा – मकवानपुरमा सरकारी गाडी दुर्घटना भएको छ । शुक्रबार बिहान हेटौंडा आउँदै गरेको बा २ झ ४३४२ नंबरको नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको गाडी भीमफेदी ६ स्थित चिसापानी पुल नजिकै दुर्घटना भएको हो ।

 

 

 

गाडी सडकबाट अन्दाजी करिब १५ फिट तल खसेको छ । सवारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सहित ३ जना घाईते भएका छन् । घाईते तीनैजनाको स्वास्थय अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

 

स्वास्थ्य मन्त्रालयको गाडी हेटौंडा किन आयो भन्ने थाहा नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए । “नेपाल सरकारको सह–सचिव लेभवलको मान्छेलाई हेटौंडा किन ? के गर्न ? आएको भनेर सोध्ने कुरा भएन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *