Get Our Android App

घरपालुवा कुुकुरमा कोभिड संक्रमण देखियो

एजेन्सी –बेलायतमा एउटा घरपालुवा कुुकुरमा कोभिड संक्रमण देखिएको छ ।



 

बेलायतका पशु चिकित्सक कार्यलयका प्रमुखले यसको पुष्टि गरेका हुन् । जनावर तथा बनस्पति स्वास्थ्य निकाय (एपीएचए) को प्र’योगशालमा गरिएको परीक्षणपछि कुकुरमा कोभिड देखिएको पुष्टि भएको हो । संक्रमित कुकुरको स्वास्थ्यमा सुधार भइरहेको छ ।

 

मालिकबाट कुकुरमा कोभिड सरेको बताइएको छ । यसअघि सो कुकुरका मालिकलाई कोभिड पोजेटिभ देखिएको थियो । कुकुरमा अर्को कुनै जनाबरबाट संक्रमण सरेको आधार नदेखिएकोले मालिकबाट नै सरेको ए’पीएच’एले जनाएको छ । घरपालुवा जनावरले सीधै मानिसलाई भाईरस सा’रेको कुनै प्रमाण नभेटिएको एपीएचका भेटनरी अधिकृत क्रि’ष्टाइ’न मि’डल’मिसले बताए ।

 

कोभिडबाट कुकुर संक्रमित भएको यो दु’र्लभ घटना हो । संक्रमित कुकुरमा कोभिडको लक्षण सामान्य देखिएको र केही दिनमै निको हुने विज्ञहरुले बताएका छन् ।

 

महामारीसम्बन्धी बेलायतका विज्ञ के’थरिन रु’सेलका अनुसार कोभिड सामान्यतया एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ तर कहिलेकाही मानिसबाट जनाबरमा पनि भाईरस सर्छ । जनाबरलाई छोएपछि मानिसले नियमित साबुन पानीले हात धुनुपर्ने उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *