Get Our Android App

‘मुन्द्रे’ रिसाएर हिँडे त्यस पछि ..



काठमाडौं । २०७४ सालदेखि कलाकार निर्मल शर्मा ‘गैँडा’ दीपकराज गिरी र दीपाश्री निरौलासँग अलग्गिए ।

 

दुवैबाट टाढिएका शर्मा त्यसयता फिल्मी क्षेत्रमा खासै जमेनन् । दिपक–दीपासँग ‘तीतो सत्य’ हाँस्य टेलिसिरियलदेखि सँगै देखिँदै आएका शर्मा छ एकान ६, वडा नम्बर छ हुँदै छक्का पञ्जा एकसम्म देखिए । तीतो सत्यबाटै ‘गैँडा’ उपनाम पनि उनै दीपक–दीपाले जुराइदिएका थिए । शर्मा छक्का पञ्जा एकको निर्माता एवं अभिनेतासमेत हुन् ।

 

छक्का पञ्जा एकदेखि टाढिएर बसेका शर्मा छक्का पञ्जा २ र ३ सम्म देखिएनन् । तर, छक्का पञ्जा ४ मा आउँदा उनी दीपक–दीपासँगै देखिने भएका छन् । उक्त चलचित्र आगामी २०७९ को दशौँमा रिलिज हुने मिति तयसमेत गरिएको छ ।

 

तर, दुःखको कुरा दीपक–दीपासँगै यात्रामा हिँडेका जितु नेपाल ‘मुन्द्रे’ लाई भने छक्का पञ्जा ४ बाट निकालिएको छ । उनी छक्का पञ्जा ४ को ट्रेलरमा नदेखिएपछि सँधैभर दीपक–दीपासँग बस्न पनि नहुने भनिसकेका छन् ।

 

दीपाले महानायक विवाद निकालेपछि दीपा ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट निस्किएका थिए । र, उनको ठाउँमा अभिनेत्री करिष्मा मानन्धरलाई ल्याइएको थियो । त्यहीँ महानायक विवादबाट दीपासँग सम्बन्धमा तुषारो छाएको बताइन्छ ।

 

तैपनि त्यसयता मुन्द्रेसँग दीपाको राम्रै सम्बन्ध रहेको भनिए पनि छक्का पञ्जा ४ मा आउँदा दीपक–दीपाले मुन्द्रेलाई हटाएका छन् भने गैँडालाई प्रवेश गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *