Get Our Android App

तिहारपछि आउँदै मालामाल बनाउने धेरै राम्रा आईपीओहरु, यी हुन तिहारपछि आउन लागेका आईपीओहरु

तिहारपछि ठूलाे संख्यामा आपीओहरु निष्काशन हुने भएका छन् । बजारमा करिब ६ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) आउने तयारीमा छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा २२ वटा कम्पनीको आईपीओ स्वीकृतिको पाइपलाइनमा छन् ।




सर्वसाधारणलाई सेयरधनी बनाउन संस्थाबाट सम्पुर्ण प्रक्रिया पुरा गरी सेबोनको अन्तिम स्वीकृतको पाइपलाइनमा १२ वटा हाइड्रोपावर कम्पनी, ६ वटा माइक्रोफाइनान्स संस्था, २ वटा बीमा कम्पनी र २ वटा अन्य समूहका कम्पनी छन् ।

 

यी कम्पनीका ५ अर्ब ९५ करोड ३२ लाख ८९ हजार रुपैयाँ बराबरको ५ करोड २८ लाख १२ हजार ८९४ कित्ता आइपीओ जारी गर्नका लागि २ वर्ष अघिदेखि स्वीकृतिको पर्खाइमा बसेका हुन् ।

 

केही महिनाअघिसम्म समय सेयर बजारमा जलविद्युत कम्पनीहरुको सेयरमूलयमा उच्च वृद्धि थियो । तर, धितोपत्र बोर्डले ५१ वटा कम्पनीमा लगानी जोखिमयुक्त भन्दै सूची सार्वजनिक गरेपछि हाइड्रोपावर कम्पनीको सेयरमा आकर्षण घटेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *