पछिल्लाे समय कुनै आईपीओमा आम मानिसकाे आकर्षण बढ्दाेछ । जुन सुकै कम्पनीको आइपीओ खुले पनि लगानीकर्ताहरुले आँखा चिम्लेर लगानी गर्ने गरेका छन् ।
कम्पनीकाे बारेमा बुझ्दै नबुझी आईपीओ त हाे भन्दै लगानीकर्ताहरुले आइपीओमा आवेदन दिने गरिरहेका छन् । पछिल्लो समय केहि कमजोर आंकलन गरिएका र विवादित कम्पनीमा आइपीओ भर्नेको संख्याले पनि यो तथ्यलाई पुष्टी गर्दछ ।
तर इतिहास हेर्ने हो भने चीनबाट नेपाल भित्रिएको एक कम्पनी नेपालमा आइपीओ खुलाएर भागेको समेत छ । २०४९ सालमा चीनबाट नेपालमा औसधि कम्पनी कम्पनीमा लगानी गर्न आएको कम्पनी अन्तत नेपालीहरुलाई डुबाएर भागेको हो ।
यो घटनाको नालेबेली पत्ता लगाउन २०४६ सालमा फर्किनुपर्छ । २०४६ सालको राजनीतिक परिवर्तनपछी नेपालमा विदेशी लगानी भित्र्याउने कानुन पारित भएपछी चीनको सेफ रिच इन्ड्रष्टी लिमिटेडले १९ करोड ५४ लाख रुपैयाँको लगानीमा नेपालमा औषधी उद्योग खोल्न लाइसेन्सको आवेदन दिएको थियो र नेपालमा ८ करोड २२ लाख रुपैयाँ विदेशी लगानी ल्याउने प्रतिबद्धता गरेको उसले लाइसेन्स पनि पायो ।
MORE COOL STUFFAdskeeper
Weird Tricks For Improving Your Relationship
6 Uncommon Tips For Building A Healthy Relationship
Unconventional Relationship Strategies: #5 Might Be Beneficial
The Zodiac Signs Who Can’t Handle Your Love
उद्योग विभागमा सिरियल नम्बर १७९ मा उद्योगका रुपमा दर्ता भएको सो कम्पनीलाई विभागले कम्पनीलाई २०४९ साल पुस ९ गते उद्योग स्थापनाको लागि अनुमति दिएको थियो ।
८० जनालाई जागिर दिने र भक्तपुरमा औषधी प्लान्ट लगाई वार्षिक मेडिसन क्याप्सुल ५ करोड ७० लाख उत्पादन गर्ने योजना बनाएर नेपालमा दर्ता भएको सो कम्पनीले २०५० साल पुस ४ गते सर्वसाधारणको लागि १ करोड ८० लाख रुपैयाँको आइपीओ जारी गर्यो ।
माग भन्दा १६५ प्रतिशत आवेदन परेको सो कम्पनीको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष थियो । सो कम्पनीको आइपीओ बाँडफांड समेत भएको थियो ।
त्यो बेला पनि बिदेशी कम्पनी भन्ने बित्तिकै नेपालीहरुले खुलेर लगानी गरेका थिए । तर नेप्सेमा सूचीकरण नगरी सो कम्पनी भाग्यो र नेपालमा आइपीओ भर्ने नागरिकहरु सबै डुबे ।
अहिले सो कम्पनीको कतै पनि अस्तित्व छैन । अहिले सो कम्पनीका बारेमा नेप्से र धितोपत्र बोर्ड पनि बेखबर छ । चीनमा समेत सो कम्पनीको कुनै अस्तित्व नरहेको पाइएको छ । अर्थ सराेकारले लेखेकाे छ ।