Get Our Android App

सामलिङ्गकाे आईपीओ बाँडफाँड सुरु, २२ लाखको हात रित्तो, हेर्नुहोस् यसरी रिजल्ट

लाखाैँले नतिजा प्रतिक्षा गरिरहेकाे सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सुरु भएको छ ।

 

निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गकाे कार्यालयमा बिहान ८:३० बजेबाट बाँडफाँडकाे कार्यक्रम सुरु भएकाे छ।

 

कम्पनीकाे आईपीओमा अन्तिम दिन सम्ममा २२ लाख ६५ हजार ६ सय ९८ जना आवेदकहरूले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका थिए । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ३९.६७ गुणा धेरै हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

 

जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । 

सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि आवेदन दिन पाउँथे । यो पटक प्रबन्धकको वेबसाइट बाट छिटो नतिजा सार्बजनिक गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

 

नतिजाको लागि बाँडफाँड कार्यक्रम सकिएपछि ipo.nsmbl.com.np मा गएर हेर्न सक्नु हुनेछ । तर त्यहाँ केही पहिला स्थानीय र प्रभावित क्षेत्रका नागरिकका लागि निकालिएकाे आईपीओकाे नतिजा पनि राखिएकाे छ । नझुक्किनु हाेला । त्यसैगरी केहीबेर पछि iporesult.cdsc.com.np मा पनि नतिजा देखाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *