Get Our Android App

साथीकी श्रीमतीलाई दिल्ली पुर्‍याएर बिक्रीगरे

काठमाडौंका ३० वर्षीय रविन श्रेष्ठ (नाम परिवर्तन)ले नुवाकोट दुप्चेश्वर– ६ का ३९ वर्षीय जान्द्रे भनिने रामबहादुर तामाङलाई साथी बनाए ।



अन्ततः उनैले रविनको श्रीमती भारतको दिल्लीस्थित कोठीमा लगेर बेचिदिए । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई शनिबार तारकेश्वर– ७ फुटुङस्थित नागपोखरीबाट पक्राउ गरेपछि घटना पुष्टि भएको हो ।

 

उनले काठमाडौंको जमलस्थित पुस्तक पसलमा सरसफाइको काम गर्ने २१ वर्षीया बबिना श्रेष्ठ (परिवर्तित नाम)लाई ०७४ साउनको अन्तिम साता भारतको दिल्लीस्थित जिबी रोडको ५९ कोठीमा लगेर बेचेका थिए ।

 

बेचिएकी बबिना जान्द्रेको मिल्ने साथीकी श्रीमती हुन् । ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले बबिनालाई जान्द्रेले एक लाख रुपैयाँमा बेचेको जानकारी दिइन् ।

 

उनले भनिन्, ‘बबिनालाई जान्द्रेले एक लाख रुपैयाँमा दिल्ली लगेर बेचेको देखिन्छ । बेचिएकी बबिना जान्द्रेको मिल्ने साथीकी श्रीमती हुन् । उसले बबिनालाई अनेक प्रलोभन दिएको र सोही प्रलोभनमा बबिना फसेको देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *