Get Our Android App

विश्वभर थप ३ लाख ७५ हजार जनामा कोरोना पुष्टि

विश्वभर पछिल्लो २४ घण्टमा ३ लाख ७५ हजार ८५५ जना कोरोना संक्रमित थपिएका छन् ।



ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै बेलायतमा ४१ हजार २७८, रुसमा ४० हजार २५१, अमेरिकामा २६ हजार ३५५, टर्कीमा २३ हजार ९६, भारतमा १२ हजार ९५८ र ब्राजिलमा १० हजार ६९३ जनामा संक्रमण पुष्टि भएको हो ।

 

यही अवधिमा ३ लाख १४ हजार ९५१ जना कोरोनामुत्त भएका छन् । अमेरिकामा ४५ हजार, बेलायतमा ३५ हजार, रुस र टर्कीमा २८–२८ हजार भारतमा साढे १४ हजार र ब्राजिलमा साढे ५ हजार बढी निको भएका हुन् ।

 

यस्तै ५ हजार ८१४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा एक हजार १६०, भारतमा ४४६, अमेरिकामा ३५०, ब्राजिलमा २६०, टर्कीमा २०३ र बेलायतमा १६६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *