Get Our Android App

मनिषा आफ्नो कक्षा १० को पढाइ सक्काएर +२ को लागि सहर पसछिन् …

सहर बनाउने र बिगार्ने ठाउँ



 


मनिषा +२ को लागि सहर पढ्छिन् र कलेज join गर्छिन् । उनी एकदमै मेहनती विद्यार्थी थिइन् , उनले दिन रात एक गराएर पढ्छिन् र उनले कक्षा ११ मा आफूले मेहेनत गरी हासिल गरेको उत्कृष्ट नतिजा ले शिक्षक र आफ्नो अविभावक दुवै लाई प्रशन्न पार्छिन्।सबै कुरा राम्ररी चलिरहन्छ, उनी कक्षा ११ को नतिजा राम्रो प्रकाशन भाए पछि कक्षा १२ मा भर्ना हुन्छिन् । 

उनी निकै स्वभावशाली थिइन्, उनले आफ्नो कुनै साथी सहर पसेर बनेको देखेकी थिइन् भने कुनै साथी सहर को हावा पानी ले बिग्रेको देखेकी थिइन्। उनले बुझिसकेकी थिइन् कि सहर बनाउने र बिगार्ने दुवै गर्ने ठाउँ हो। 

 

हुन त गाउँ मै हुर्किए पनि बाबा आमा दुवै जागीरे भएर होला उनलाई रोजेको खान, लगाउन र पैसाको कुनै कमी थिएन तर पनि उनलाई यो सब चीज को कुनै घमण्ड थिइन्। उनलाई बस् आफ्नो बाबा आमाको सपना पुरा गर्नु थियो। उनले दिन रात एक गरेर पढ्छिन्, उनले आफ्नो ध्यान पढाइ मा वाहेक अन्त कतै जान नदिने पूर्ण प्रयतन गर्छिन तर यति गर्दा गर्दै पनि उनी माया जालमा फस्न पुग्छिन्। उनको आफू सँगै पढने साथी संग मन मिल्छ र सम्बन्धमा बस्छिन। उनी सम्बन्धमा भए पनि आफ्नो प्रेमी संग को सपना लाई एक तर्फ राखी आफ्नो आमा बाबा को सपना लाई सर्वोच्चता दिन्छिन्। उनले आफ्नो पढाइ र संबन्धलाई एकै साथ अगाडी लान्छिन। उनले अहिले सम्म आफ्नो जीवनमा सबै कुरा ठीक चुनेकी थिइन् तर आफ्नो प्रेमी गलत चुन्न पुग्छिन्। उनको प्रेमीले उनलाई नभई उनको घर परिवार ले उनलाई पठाइदिएको पैसा लाई माया गरेको हुन्छ तर उनले भने पत्तै पाउँदिनन्।उनको पहिलो प्रेम भएको हुनाले उनलाई यो सब धोका को बारेमा केही थाहा हुँदैन, उनले त आँखा बन्द गरेर विश्वास गरेकी हुन्छिन्। सबै कुरा निरन्तर रूपमा चलिरहेको हुन्छ र यत्तिकै मा कक्षा १२ को अंतिम परीक्षा आउँछ र यतिकै मा मनिषा को साथी लाई थाहा हुन्छ कि मनिषा को प्रेमी ले मनिषा लाई धोका दिँदै छ, मनिषा को साथी ले मनिषा लाई सबै कुरा भन्छिन् तर मनिषा ले उनको साथी को कुरा को विश्वास गर्दैनन् तर परीक्षा को एक दिन अघि मनिषा को साथी ले मनिषा लाई प्रमाण ल्याएर दिन्छिन् की उनको प्रेमी ले उनलाई धोका दिँदै छ । मनिषा लाई थाहा हुन्छ कि उ उनी लगायत अरु पनि धेरै केटि संग सम्वन्धमा बसेको छ, मनिषा छाँगा बाट खसे जस्तै हुन्छिन् उनले रुनु वाहेक अरु कुनै विकल्प भेटाउदिनन् । उनी धेरै रुन्छिन् तर भोलि देखि परीक्षा भएको हुनाले उनले आफूले आफूलाई सम्हालेर पढाइमा ध्यान लगाउछिन, उनले आफ्नो दिमाग मा पढाएको बाहेक अरु कुनै कुरा आउन दिदैनन्। उनी दिन रात मन लगाएर पढ्छिन् र राम्रो संग आफ्नो परीक्षा दिन्छिन्। परीक्षा दिएर सके पछि उनले आफूले आफूलाई फेरि एक्लो महशुस गर्न थाल्छिन्। उनको आंखामा उनले आफ्नो प्रेमी को लागि आफ्नो शरीर सुम्पिएको कुरा झल्झली आउँछ र आफूलाई आफू देखि घिन लाग्न लाग्छ। उनी यो सब कुरा सहन सक्दिनन् र आवेश मा आएर आत्म हत्या गर्छिन्।

 

जब उनको आत्म हत्या को कुरा घरमा थाहा हुन्छ तब उनको बाबु आमा जिउँदो लास जस्तै हुनुहुन्छ। बाबा आमाकी प्यारी त्यस माथि घर की पनि एक्लै छोरी जो संग घर को नाम, इज्जेत, प्रतिष्ठा र आमा बाबा को सपना जोडिएको थियो उनले आत्म हत्या गर्न साथ यो सब कुरा को पनि हत्या हुन्छ। उनको बाबा आमा लाई यो सदमा बाट उठ्न निकै समय लाग्छ तर पनि उहाँहरुले आफूले आफूलाई सम्हाल्ने पूर्ण कोशिस गर्नु हुन्छ। यो दु ख को घडी चलिरहेको थियो यतिकै मा कलेज बाट फोन आउँछ कि मनिषा ले कक्षा १२ मा आफ्नो सबै प्रतिष्पर्धी लाई पछि राखी कलेज top गर्न सफल भएकी छिन् तर यो खबर सुन्दा मनिषा को बाबा आमा बने थोरै पनि खुसी हुनु हुँदैन , अब छोरी नै साथ मा नरहे पछि त्यो निर्जीव certificate को के काम ? 

मनिषा ले आवेश मा आएर चालेको एउटा गलत कदमले ले कैयौं सपना को हत्या हुन्छ।

 

Note: विश्वास गरौँ तर अन्ध विश्वास कसै माथि नगराै र गल्ती गरे पनि त्यसलाई सुधार्ने तर्फ लागौं 

परिवार को सल्लाह समाधान हो आत्म हत्या होइन 

 

आवेश मा आएर लिएको निर्णयले कहिले पनि राम्रो नतिजा दिँदैन।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *