एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ ।
अब बैंकको हकप्रद शेयरमा लगानीकर्ताले अब कात्तिक २९ गतेसम्म आवेदन दिन सक्ने भएका छन्। बैंकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद जारी गरेको हो।
हकप्रद निष्काशनका लागि बैंकले असोज १ गतेदेखि शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।