Get Our Android App

अभिनेता पुनितको मृत्यु प्रकरण : हजुरहरु पनि जिममा हुने यी गल्तीहरुबाट बच्नुहोस्



एजेन्सी । कन्नड फिल्म अभिनेता तथा युथ आइकन पुनीत राजकुमारको आकस्मिक मृत्युले धेरै प्रश्न खडा गरेको छ ।

 

राम्रो स्वास्थ्य र शरीरको चाहनामा जिम जाने मानिसले केही कुरामा ध्यान दिनुपर्ने चर्चा पनि भइरहेको छ । पुनीत राजकुमारलाई निकै फिट मानिन्थ्यो तर ४६ वर्षको उमेरमा अचानक मृत्यु भएपछि धेरै अचम्मित भएका छन् ।दुई महिनाअघि सेप्टेम्बर २ मा अभिनेता सिद्धार्थ शुक्लाको निधन हुँदा पनि यस्तै प्रश्न उठेको थियो । ४० वर्षीय सिद्धार्थ एक चर्चित टिभी कलाकार र होस्ट थिए र एकदम फिट देखिन्थे।

 

 

पुनीतले जिम गर्दा छाती दुख्ने समस्या देखिएपछि पहिलोपटक चिकित्सक र प्रख्यात मुटुरोग विशेषज्ञ रमन्ना रावलाई सम्पर्क गरे।

 

रावले मिडियासँग भने, “मैले उनको पल्स र रक्तचाप जाँच गरें र दुवै सामान्य थिए । मैले उनलाई किन यति धेरै पसिना आउँछ भनेर सोधें। उनले प्रायः जिममा पसिना आउने बताए। मैले उनको ईसीजी जाँच गरें। र अस्पताल जान भने ।’

 

विक्रम अस्पतालका डाक्टर तथा मुटुरोग विशेषज्ञ डा रंगनाथ नायरका अनुसार पुनीतलाई बाटोमै हृदयघात भएको थियो। । १२ वर्ष पहिले एसएपी इण्डियाका सीईओ रञ्जन दासलाई हृदयघात भयो । जिमबाट फर्किएपछि उनको मृत्यु भएको थियो । ४२ वर्षीय दासको मृत्युपछि पनि ४० वर्ष उमेरका मानिसलाई हृदयघात कसरी हुन थाल्यो भन्ने धेरै प्रश्न उठेका थिए ।

 

श्री जयदेव इन्स्टिच्युट अफ कार्डियोभास्कुलर साइन्स एण्ड रिसर्चका निर्देशक डा. सीएन मञ्जुनाथले बीबीसीलाई भने, ‘जब मानिसहरू तौल उठाउने जस्ता व्यायाम गर्छन् तब मांसपेशीहरू तनावग्रस्त हुन्छन्। भारोत्तोलनका कारण नसाहरूमा दबाब आउँछ। असीमित व्यायाम मुटुको भल्भका लागि हानिकारक हुन्छ ।’

Leave a Reply

Your email address will not be published.