Get Our Android App

नुवाकोटको गँगटेबाट वडाध्यक्ष सहित ९ जुवाडे पक्राउ परे

नुवाकोट- विदुर नगरपालिका-५ स्थित गँगटेमा तासकाे खालवाट वडा अध्यक्ष सहित नाैं जनालाई प्रहरीले आज साँझ पक्राउ गरेकाे छ।

 

 

 

विदुरकाे गँगटेमा निरज चित्रकारकाे घरमा तास खेलाई रहेकाे अवस्थामा नाैं जना पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी नायव उपरीक्षक हरिवहादुर ओलिले जानकारी दिनुभएको हाे। साँझकाे माैका छाेपी लाखौं रुपैया तासको खालमा राखी तास खेलिरहेकाे अवस्था वाट पक्राउ गरिएकाे उहाँले बताउनु भयाे।

 

पक्राउ पर्नेहरुमा विदुर नगरपालिका वडा नम्बर ५ का दिनेश चित्रकार, विदुर नगरपालिका वडा नम्बर १ का विष्णु बिक, लिखु गाउँपालिका वडा नम्बर ३ का राजु पन्त, विदुर नगरपालिका वडा नम्बर ६ का मछिन्द्र परियार र भारतको मोतोहारी जिल्ला घर भई हाल विदुर ४ वस्ने ईश्वर गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 

यस्तै पक्राउ पर्ने अन्यमा दार्चुला सैलेसिगर नगरपालिका वडा नम्बर ६ घर भई हाल विदुर ४ बस्ने पदमसिंह धामी, सुर्यगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भैरव अधिकारी, बेलकोटगढी नगरपालिका वडा नम्बर १० का सन्तोष त्रिपाठी र विदुर ४ बट्टार वस्ने केशवप्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी समेत रहनुभएका वलीले जानकारी दिनुभयो ।

 

 

 

उनीहरुको साथबाट ३ लाख ५२ हजार रुपैयाँको साथै १ सय ६० पत्ति तास समेत बरामद गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *