Get Our Android App

मध्य भोटेकोशीकाे आईपीओ केहीबेरमा बाँडफाँड हुँदै, छिटाे नतिजा कहाँबाट हेर्ने ?




 मध्य भोटेकोशीले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर आईपीओ आज शुक्रबार बाँडफाँड हुने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज शक्रबार विहान ९ बजे क्यापीटलको कार्यलयमा आईपीओ बाडँफाँड गरिदैछ ।

 

कम्पनिले असोज २० गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

 

जसमा ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता शेयर सामुहीक लगानी कोषको लागि, ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

 

कम्पनीको आईपीओमा अन्तिम दिन २५ गते वेलुकासम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकले आवेदन दिएका थिए । मागभन्दा बढि आवेदन परेको धितोपत्रको नियम अनुसार आईपीओ गोलाप्रथाबाट वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *