Get Our Android App

मंसिर १ बाट २० युनिटसम्म बिजुली निःशुल्क

सरकारले मंसिर १ गतेदेखि लागु हुने गरि विद्युत महसुल घटाउने जनाएको छ ।
विद्युत नियमन आयोगको बैठकले मंसिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु गर्ने निर्णय गरेको हो । आयोगले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपत गर्ने सेवाग्राहीलाई लक्षीत गरेर विद्युत महसुल घटाएको जनाएको छ ।
आयोगले मासिक २० युटिनसम्मको खपतलाई निः शुल्क बनाउने निर्णय पनि गरेको छ । आयोगले पछिल्लो पटक गरेको विद्युत् महसुल निर्धारणमा यसअघि मासिक १० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई निः शुल्क विद्युत् दिनुपर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थालाई १० युनिटथप गर्दै २० युनिट पुर्याइएको हो ।

Leave a Reply

Your email address will not be published.