Get Our Android App

विदेश बाट श्रीमान आउने दिन गनेर बसेकी राधा जब कार्टुनको प्याकमा अस्तु हात लाग्यो

 



विदेश बाट श्रीमान आउने दिन गनेर बसेकी राधा जब कार्टुनको प्याकमा अ’स्तु हात लाग्यो

 

भोजपुरका ३८ वर्षीय जबर राई रोजगारीका लागि मलेसिया पुगेको १२ वर्ष भएको थियो। यही भदौ १२ गते उनको मृ’त्युको खबर आयो। उनका आफन्तका अनुसार भदौ ११ गते उनको सडक दुर्घ’टनामा परेर मृ’त्यु भएको हो। ‘दिउँसोतिर फोन आएको थियो। दुर्घ’टनामा परेर जबरको मृ’त्यु भयो भनेर बाबुका साथीहरूले सुनाएका थिए,’ ला’स बुझ्न शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी जबरकी भाउजु उत्तरकुमारी राईले सुनाइन्। ‘त्योभन्दा अगाडिसम्म कुराकानी भइरहेकै थियो। केही भएको थिएन। लेखेको त्यति रैछ,’ जबरका दाइ नयन राईले भावुक हुँदै भने।

 

बुटवलकी राधा ज्ञवाली आफ्ना श्रीमानको अ’स्तु अँगालोमा च्यापेर विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल अगाडि आँसु पुछ्दै हिँडिरहेकी थिइन्। रोजगारीका लागि मलेसिया पुगेका उनका श्रीमान गणेश ज्ञवालीको को’भि’ड–१९ संक्रम’णका कारण ज्यान गएको हो। उनी विगत आठ वर्षदेखि मलेसियामा कार्यरत थिए। ‘छिट्टै फर्कन्छु भन्नुहुन्थ्यो। यस्तो भएर फर्कनु भयो,’ अ’स्तुको कार्टुन सुम्सुम्याउँदै उनले भनिन्। यतिकैमा उनको गला अवरूद्ध भयो। अर्कोतिर फर्किएर उनी रुन थालिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *