Get Our Android App

सूडान : सैन्य कूको विरोधमा उत्रिएकामाथि सेनाको गोलीबारी, सातको मृत्यु


 


सूडानमा सैन्य कूको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सैनिकको गोलीबारीमा सातजनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन् । सूडानमा सेनाले अन्तरिम सरकारमाथि कू गरेपछि देशको कमान आफ्नो हातमा लिएको छ ।प्रधानमन्त्री र अन्य नेतालाई पक्राउ गरेको छ ।

 

सैन्य कूको विरोधमा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । राजधानी खार्तूममा स्थानीय स्तरमा विरोध प्रदर्शन आयोजना गर्नेहरुको गिरफ्तारीका लागि सेना घर–घर गइरहेको बताइएको छ ।

 

 

संसारभरी यो सैन्य कूको आलोचना भइरहेको छ र अमेरिकाले सूडानलाई दिइने ७० करोड डलरको मद्दत रोकेको छ । सैन्य कूको नेतृत्व गर्ने जनरल अब्देल फतह अल बुरहानले यो सैन्य कारवाहीका लागि राजनीतिक झगडालाई जिम्मेवार बताएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *