Get Our Android App

दसैंमा टीका लगाउन माइती गएकी श्रीमती अझै घर फर्किएकी छैनन् ,बाटैमा छोराछोरी छोडेर फरार भइन् श्रीमती



संगै बाँच्ने संगै म र्ने कसम खाएका जोडीहरु अचानक छुट्टिनु पर्दाको पि डा निकै कष्ट दायिक हुन्छ ।तनहुँ आबुखैरानी निवासी भिमबहादुर मगरकि श्रीमती लालमती मगर सामान्य हालतमै थिइन् ।भिमबहादुर भारतमा रोजगारी गदै थिए ।आफ्नै गाडी चलाएर भारतमा बस्दै आएका थिए उनी ।

 

१३ र ७ वर्षका २ छोरासंग लालमती नेपालमै बस्दै आएकी थिइन् ।श्रीमान र श्रीमतीको सम्बन्ध निकै सुमधुर रहेको भिमले हामीलाई बताए ।तर दसैंमा टिकाको भोलिपल्ट माइती गएकी लालमती घर फर्केर आइनन् ।लालमतीले जम्मा एउटा मोबाइल बोकेर हिडेकी थिइन् र त्योपनि छोराहरुलाई नै दिएर फर्काइन ।

 

आफू मामाघरमै बसिरहेको हुने भन्दै छोराहरुलाइ लालमतिले घर फर्काइन् ।तर एकदिन हैन धेरै दिनसम्म श्रीमती नआएपछि भिमले खोजी गर्न थाले तर श्रीमती अहिलेसम्म पनि फर्किएकी छैनन् ।आफ्ना आफन्त साथीभाइ सबैसँग खोजी गरे तर श्रीमती फेला परिनन् ।

 

यसरी श्रीमतीले परिवारको अलपत्र बनाएर हिंडेपछी भिम निकै दुखी छन् ।आफुले माया गरेकी श्रीमतीले एक्कासि छो डेर हिडेपछी छोराछोरीको बिजोग भएको भन्दै उनी रु दै छन् ।

Leave a Reply

Your email address will not be published.