Get Our Android App

१८ रुपैयाँको रुटमा २० रुपैयाँ भाडा, खुद्रा फिर्ता माग्नेलाई चकलेट !


तस्बिर सामाजिक संजालवाट साभार गरिएको हो

बानेश्वरबाट शंखमूलको टेम्पो चढेका रामकृष्ण श्रेष्ठले चालकलाई भाडाबपात २० रुपैयाँको नोट दिए । तर, उनले फिर्ता पाउनुपर्ने २ रुपैयाँ ओर्लिने बेलासम्म पनि पाएनन् । जब श्रेष्ठले खुद्रा पैसा फिर्ता मागे, उनका हातमा चालकले २ वटा चकलेट थमाइदिए ।

 

‘म मधुमेह भएको मान्छेलाई चकलेट के काम ? पैसा नै दिनुस्’ भनेर उनले चालकसँग अनुरोध गरे । तर, उल्टै श्रेष्ठले जवाफ पाए, ‘फिर्ता दिने पैसा छैन, २ रुपैयाँ पनि फिर्ता चाहिने भए आफैं खुद्रा जम्मा गरेर मात्रै टेम्पो चढ्ने गर्नुस् ।’ समान्य विवाद भएपछि श्रेष्ठ थप झमेलामा पर्न चाहेनन् र आफ्नो बाटो लागे ।बानेश्वरबाट रत्नपार्क पुगेर फर्किएकी शर्मिला लामिछानेले जाँदा-आउँदा नै २० -२० रुपैयाँ तिरिन्, तर, खुद्रा फिर्ता दिनेबारे सहचालकले केही बोलेनन्, उनले पनि दुबैपटक २ रुपैयाँमा के किचकिच गर्नु भनेर त्यसै ओलिएएर हिँड्न् ।

 

कात्तिक १ देखि लागू भएको नयाँ भाडा दरअनुसार काठमाडौंमा सार्वजनिक सवारी साधन चढ्नासाथ -५ किलोमिटरसम्म) १८ रुपैयाँ भाडा तिर्नुपपर्छ, १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ भाडा तोकिएको छ । तर, यात्रुहरु भने यस्ता रुटहरुमा २०, २५ र ३० रुपैयाँ तिरिरहेका छन् ।

 

अहिले यात्रुले पैसा फिर्ता मागिहाले बसका सहचालक र कन्डक्टरसँग सजिलो जवाफ छ, ‘खुद्रा पैसा नै छैन ।’ १८ रुपैयाँभन्दा बढी पैसा लाग्ने रुटमा चढ्ने पनि तोकिएभन्दा बढी नै भाडा तिरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *