Get Our Android App

तालिबान लडाकु र सशस्त्र समूहबीच गोली हानाहान, ७ बालबालिकासहित १७ जनाको मृत्यु


तस्बिर सामाजिक संजालवाट साभार गरिएको हो

एजेन्सी । अफगानिस्तानको हेरात प्रान्तमा तालिबान लडाकु र सशस्त्र समूहबीच भएको भिडन्तमा परी १७ जनाको मृत्यु भएको छ । जसमा ७ जना बालबालिका समेत रहेको बताइएको छ।

 

स्पुटनिक समाचारका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, सात पुरुष र सात बालबालिका गरी १७ जना रहेका छन् ।

 

उनीहरुको शव हेरात प्रान्तको एक अस्पतालमा लगिएको समाचारमा जनाइएको छ । उनीहरु सबैको गोली लागेर मृत्यु भएको हो । स्रोतका अनुसार तालिबानले हेरातमा आइतबार विशेष कारबाही गरेको थियो । त्यसको जवाफमा स्थानीय समूहलाई लक्षित गरी भएको उक्त कारबाहीमा कम्तीमा तीनजना अपराधी मारिएका थिए।

Leave a Reply

Your email address will not be published.