Get Our Android App

आमाकै संलग्नतामा छोरी बलात्कृत : मुद्दा कमजोर बनाउन प्रहरी नै लागेको आरोप



विराटनगर : आफ्नै आमामाथि शरीर बन्धक तथा जबरजस्ती मुद्दा दर्ता गराएकी पीडित युवतीले प्रहरीले मुद्दा कमजोर बनाएको आरोप लगाइएकी छिन् । आफूले प्रहरीमा बुझाउन गएको प्रमाण प्रहरीले नबुझिदिएको आरोप ती युवतीको छ।

 

विराटनगर १० की मन्जुविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा २२ वर्षीया छोरीले बन्धक बनाइ जबरजस्ती करणी गराउन खोजेको भन्दै मुद्दा दिएकी थिइन्। उनले न्यायका लागि प्रहरीमा मुद्दा दर्ता गराउन खोज्दा प्रहरीले लिन नमानेको आरोप लगाएकी छिन्।

 

प्रहरीमा मैले बुझाइको प्रमाणको सिडि प्रहरीसमक्ष चल्यो उनले भनिन्, अदालतमा चल्दैन।’ आफ्नो साक्षीको बकपत्र समेत नगराएको उनको आरोप छ । लामो समयसम्म बकसपत्र गर्न नबोलाएपछि आफूहरु मिडिया आएपछि मात्रै बकपत्र गराएको उनले बताइन्।

 

आमाले अदालतमा गलत र झुठो बयान दिएपछि आफूले त्यसबेलाको प्रमाण प्रहरीमा बुझाउन जाँदा प्रहरीले बुझ्न नमानेको बताउँदै उनले भनिन्, ‘त्यसपछि कुरियर गरेर पठाए।’ आमाले घटना भएको दिन काठमाडौंस्थित बीएनबी अस्पताल भर्ना भएको फर्जी पूर्जा पेश गराएपछि आफू त्यहाँ सबै प्रमाण पेश गर्दा प्रहरीले लिन अस्वीकार गरेको उनले बताइन् ।उनले मात्र २०७७ फागुन ६ देखि २१ सम्म भर्ना रहेको भन्दै अदालतमा लिखित बुझाए पनि अस्पतालको डिस्चार्ज कार्डमा २०७६ फागुन ६ गते भर्ना भइ हातको औंलाको सामान्य शल्यक्रिया गरेको अर्को दिन डिस्चार्ज गरेको उल्लेख छ। तर, आमाले सबै प्रमाणलाई नै झुठो बनाएर बुझाएको पीडित युवतीको गुनासो गरिन् ।

 

केहि महिनाअघि आफ्नै छोरीलाई अपहरण गरी दुईजना युवकसँग जबरजस्ती करणी गराउन खोज्ने आमाले पीडित युवतीसहित सांक्षी र आफन्तलाई विभिन्न माध्यमबाट मुद्दा फिर्ता लिन प्रलोभन दिँदै दबाब दिने गरेकी थिइन्।

 

आमाविरुद्ध शारीरिक बन्धक तथा जबरजस्ती मुद्दा दिएकी पीडित युवतीले आफूलाई प्रलोभन दिँदै मुद्दा फिर्ता लिन आमा र आमाकी दिदी रन्जु सिङ पौडेलले विभिन्न माध्यमबाट दबाब दिने गरेको बताउँदै आएकी छिन् ।

 

पौडेलले २२ वर्षीय युवतीका बुवा श्यामकुमार बम, जबरदस्ती करणीबा जोगाएका भाइ रोहन भगतलाई मुद्दा फिर्ता लिन प्रलोभन र धम्की दिने गरेको बताइन् । छोराले आफूलाई आमाले नागरिकता नबनाइ दिने र सम्पती पनि नदिने भनेर धम्की दिने गरेको बताए ।

 

रोहनले भने, ‘आफू कामले विराटनगरमा गएको बेला आमाले तँलाई नागरिकता नबनाइ दिन र सम्पती पनि दिने भनेर धम्की दिने गरेको छ ।’ पूर्वपतिबाट जन्मेकी छोरी विराटनगरमा भेट्न आएको बेला पौडेलले आफ्ना केटा साथीसँग कोठामा थुनेर जबरजस्ती यौनसम्बन्ध कायम गराउन लगाएकी थिइन्।

 

पौडेलका एक छोराले कोठाको ढोका खोलेर उनलाई उद्धार गरेपछि जिल्ला प्रहरी मोरङमा उजुरी दिएकी छन्। जुन मुद्दा जिल्ला अदालतमा चलिरहेको छ । पीडित युवतीले आमा पौडेल, सुनसरीको इनरुवा ९ बवियाका अजय साहु र विराटनगर १० शान्ती टोलका सुरज रायविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *