Get Our Android App

सामलिङ पावर कम्पनीको आइपीओमा मागभन्दा ३१ गुणा बढि आबेदन

सामलिङ पावर कम्पनीको आइपीओमा आजसम्म १२अर्ब ११ करोड ३२ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आइतबार ५ बजेसम्म १७ लाख ५८ हजार ४५० जनाले २ करोड ११ लाख ३२ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा ३१.१२ गुणा बढी आवेदन हो ।
सामलिङले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आइपीओ जारी गरेको हो । ।यो ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधरणका लागि खुला गरिएको हो ।
लगानीकर्ताले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सामलिङ पावरको आइपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ्ग दिएको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *