Get Our Android App

मोटरसाइकल र ट्रक ठोक्किएर दुर्घटना हुँदा तामाङको मृत्यु



भक्तपुरमा मोटरसाइकल र मिनी ट्रक ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रदेश नं ३–०२–०१७ प ७९४२ नं को मोटरसाइकलमा सवार चाँगुनारायण नगरपालिका–५ छालङका सुरज तामाङ दुर्घटनामा गम्भीर घाइते हुदाँ उपचारकालागि उनलाई अस्पताल पु¥याइएको थियो ।

 

शनिबार साँझ उपचारका क्रममा तामाङको अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो । भक्तपुर नगरपालिका–१ स्थित यती कार्पेट नजिकबाट सल्लाघारीतर्फ जाँदै गरेको मोटरसाइकल चोङ्गा गणेश मोटर पार्ट्स ग्यारेजबाट मुख्य सडकमा निस्किदै गरेको प्र.नं. ३–०१–००३ क. ५०६५ नं. को मिनी ट्रकसँग ठोक्किएको थियो ।

 

दुर्घटनामा मोटरसाइकलका चालक चाँगुनारायण–५ का १९ वर्षीय महेश्वर खड्का सामान्य घाइते भएका थिए । उनको उपचार भएर अहिले डिस्चार्ज भइसकेका छन् ।

 

बाइक ठोक्किएको ट्रकको चालक भक्तपुर नगरपालिका–१० कमलविनायक महालक्ष्मीका ३३ बर्षीय लक्ष्मी प्रसाद दुवाललाई प्रहरीले नियन्त्रणम लिएको छ । अनुसन्धानका क्रममा दुर्घटना असावधानिबस घटेको पत्ता लागेको प्रहरीले बताए ।

Leave a Reply

Your email address will not be published.