Get Our Android App

उदयपुरमा अघिल्लो दिन हराएका दुई वर्षिय बालक मृत फेला..



उदयपुरमा २ वर्षीय बालक मृत भेटिएका छन् । जिल्लाको बेलका नगरपालिका वडा नम्बर २ कोशीटप्पु शान्तिनगर टोलमा बालक सप्तकोशी नदीको भंगालोमा डु बे र मृत्यु भइसकेको अवस्थामा फेला परेका हुन् ।

 

भरत चन्द्रवंशी नाम गरेका ती बालक घरबाट हराएको एक दिनपघि फेला परेको प्रहरीले जनाएको छ । मृतक बालक अघिल्लो दिन बेलुका देखि नै घरबाट निस्कीएका थिए । बालकको आमा माइत १० दिनदेखि माइत बस्दै आएकी थिइन् । श्रीमानसँग बिमेलका कारण माइत रहेकी आमासँग गएको अनुमान गरेर बालक ह रा उ दा पनि घरका सदस्यले खोजी नगरेको बताइएको छ ।

 

ती बालकको घर र मावालीघर करिब १ सय मिटर वरपरको दूरीमा रहेको छ । नजिक भएकाले आमातिर गएको हुनसक्ने आशंकाले परिवारबाट खोजी भएको थिएन । तर, अर्को दिन ९ बजे बिहान मृतकका दाई बस्तु चराउन भाई होलीमै मृत अवस्थामा भेटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *