Get Our Android App

‘माया पिरेम’मा टिकटक बनाउनेलाई ८ हजारदेखि एक लाखसम्म पुरस्कार

काठमाडौं । ‘माया पिरेम’ बोलको गतिमा टिकटक बनाउनेलाई ८ हजारदेखि एक लाखसम्मको पुरस्कार घोषणा गरिएको छ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित यो गीतको म्युजिक भिडियो बेही दिनअघि सार्वजनिक भएको थियो।

 

भिडियो निर्माण संस्था ट्रि इन्टरटेन्मेन्टले सो पुरस्कारको घोषणा गरेको हो। टिकटक बनाउने अवधि कात्तिक २२ गतेसम्म राखिएको छ। पुरस्कारका लागि आयोजकले दिएको ह्यास्ट ट्यागहरु प्रयोग गर्दै टीकटक बनाउन सकिनेछ।यो प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउनेछन्।

 

यस्तै, दोश्रो हुनेले ५० हजार, तेश्रो हुनेले ३५ हजार, चौथो हुनेले २५ हजार, पाँचौ हुनेले २० हजार, छैटौं हुनेले १५ हजार, सातौं हुनेले १२ हजार, आठौं हुनेले १० हजार, नवौं हुनेले ८ हजार र दशौं हुनेले ६ हजार पुरस्कार प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *