Get Our Android App

‘गान्धीवादी’ सीके राउतको हिंसात्मक अवतरण : गुलाबको फूलदेखि भाटासम्म !



जनमत पार्टीका नेता डा. सीके राउतले आफूलाई गान्धीवादी, अहिंसावादी एवं शान्तिप्रेमी बताउँदै आएका छन् । तर, विहीबार जनकपुरस्थित खानेपानी डिभिजन कार्यालयका कार्यालय प्रमुख जागेश्वर कुशवाहालाई कालोमोसो दलेर बजार घुमाएपछि राउतको ‘गान्धीवाद’ माथि प्रश्न उब्जेको छ ।नेपालबाट मधेसलाई अलग गर्नुपर्छ भन्ने अभियान सुरु गरेर चर्चामा आएका सीके राउत ओली सरकारसँग सम्झौता गरेर मूलधारको राजनीतिक प्रतिस्पर्धामा छन् ।

 

उनले राष्ट्रिय जनमत पार्टी गठन गरी राजनीतिक गतिविधि गर्दै आएका छन् ।

 

 

तर, बिहीबार जनकपुरमा राउतका कार्यकर्ताले एकजना सरकारी कर्मचारीलाई कालोमोसो दलेर अर्धनग्न अवस्थामा बजार परिक्रमा गराएपछि राउतको पार्टी विवादमा तानिएको हो । हिंसात्मक कार्यमा लागेको आरोपमा कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् ।

 

 

यसअघि राउतले आफ्ना कार्यकर्तालाई महात्मा गान्धीको उदाहरण दिँदै अहिंसावादी आन्दोलन गरेर पनि आफ्ना एजेण्डा स्थापित गराउन सकिने बताउने गरेका थिए ।

 

राज्यले जति दमन गरे पनि प्रतिकार नगर्न उनले कार्यकर्तालाई निर्देशन दिने गरेका थिए । तर, विगतमा आफूलाई गिरफ्तार गर्न आउने प्रहरीललाई समेत गुलाबको फूल दिएर स्वागत गर्ने सीके राउत र उनका कार्यकर्ताले हिंसात्मक गतिविधि सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *