Get Our Android App

स्वदेश फर्किन लागेका ३२ नेपालीलाई तालिबानले एयरपोर्टमै रोक्यो, उतै अलपत्र

काठमाडौं । अफगानिस्तानको काबुलमा ३२ नेपाली अलपत्र परेका छन्। रोजगारीका लागि अवैधरुपमा त्यहाँ पुगेका नेपालीहरु स्वदेश फर्किनबाट बञ्चित भएका हुन्।

 

३४ जनामध्ये २ जना बुधबार काठमाडौं आएपनि ३२ जना भिसाको म्याद सकिएका कारण उतै अड्किएका हुन्। नेपाल आउन लागेका उनीहरुलाई विमानस्थलबाट फर्काइएको छ। अफगानिस्तान तालिबानले कब्जा गरेपछि उनीहरु उतै अलपत्र परेका थिए।सो समयमा उद्धार गर्दा नेपाल आउन नपाएका उनीहरुलाई दिल्लीस्थित नेपाली दूतावासले विभिन्न ठाउँबाट एकै ठाउँमा जम्मा गरेको थियो।

 

महिनौंदेखि उनीहरू सबै अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय निकायलाई सुरक्षाकर्मी आपूर्ति गर्ने बेलायती संस्था आईडीजीको संरक्षणमा छन्। दिल्लीस्थित दूतावासको आग्रहमा उनीहरूलाई आईडीजीले आवास तथा खाना दिइरहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *