Get Our Android App

सिके राउतका कार्यकर्ताद्वारा खानेपानी संस्थानका प्रमुखमाथि दुर्व्यवहार, अर्धनग्न बनाएर नगर घुमाए

नाला तथा ढल निर्माणमा अनियमितता भएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गर्दै जनकपुरधाम नगर घुमाएका छन् ।

 

अविरल वर्षातका कारण जनकपुरधाम जलमग्न भएपछि आक्रोशित सिके राउतका कार्यकर्ताले निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका हुन् ।

 

जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठी सहित पुगेका जनमत पार्टीका दर्जनौँ कार्यकर्ताहरुले निमित्त प्रमुख यादवलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर नगर परिक्रमा गराएका थिए ।​ कार्यकर्ताहरुले निमित्त प्रमुख यादवको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए । यादवलाई यसरी नगर परिक्रमा गराई रहँदा प्रहरी प्रशासन भने मुकदर्शक बनेको थियो । 

 

Leave a Reply

Your email address will not be published.