Get Our Android App

पत्रकार पमोदको संघर्षको कथा जुठो भाँडामाझ्ने देखि पत्रकारसम्म..

“भनिन्छ राम्रो काममा हात हाल्ने को खुट्टा तान्नेहरू धेरै हुन्छन्”विसं २०५८ फागुन १४ गते गतेका दिन बुबा रामकुमार गिरी र आमा बिमला गिरी को कोख बाट सिन्धुपाल्चोकको चौतारा सागाँचोक गढि.ना.पा-१३ मा यो धर्तीमा पाइला टेकेका थिए । सामान्य परिवारमा जन्मिएका प्रमोद गिरी आफ्ना घरका जेठा सन्तान हुन। 

 

 

सामान्य घरपरिवार मा जन्म लिएका प्रमोद गिरी सामान्य रूपमा नै आफ्नो जिन्दगी बितिरहेको बताउँछन् । प्रमोद गिरीका बुवाले बिदेश गएर आएर गाउँमै एउटा सनो पसल राखेर आफू सहित परिवार को दैनिक काम काज चलाउछन भने आमा घरमा प्रायः सधै बिरामी हुनुहुन्छ ।

 

 

हुन त हरेक मान्छे को चासो भविष्य को खोजी गर्दै अगाडि बढ्ने प्रयत्न हुन्छ। तर सकारात्मक सोच अगाडि बढाउदा बढाउदै कारणबस यात्रा स्थगित गर्नुपर्ने हुन्छ । यस्तै अवस्था रहेको प्रमोद गिरीले बताउनुभयो ।

 

“०७२ सालमा आएको भुकम्पले घर भत्काई दियो, विदेशमा काम गर्दै आउनुभएको प्रमोदको बुबा भुकम्प पछि गाउँमा फर्किनु भयो, त्यसको केहि समयमा फेरि ममि गाउँ वाट काठमाडौं फर्कने क्रममा बस दुर्घटना भई गम्भिर घाईते हुन पुग्नु भयो। गाउँमा घर भत्कि सकेको थियो मेरो पढाई ८पास मात्र थियो भुकम्प जादाँ, भुकम्पको केहि समय पछि बैकबाट केहि रकम रिन्न लिएर गाउँको बजारमा जग्गा किनियो, त्यस पछि बुबा र ममि पसल थापेर बस्नु भयो म भने काठमाडौं मा सनीको कोठामा बसेर मेरो १० कक्षासम्मको पढाई सकाए,’ प्रमोद गिरी बताउनु हुन्छ। 

 

भुकम्प पछि काठमाडौं आएर पढाइ त जे जस्तो भए पनि बिग्रियो तर प्रमोदमा अर्को नया सोच पलायो उनको नया सोच हो पत्रकारिता गर्ने ।

 

विगत २०७० साल देखि रेडियो लाई मन पराउने, रेडियो कार्यक्रम का लागि गित लेखि पठाउने,रेडियो का समाचार सुन्ने,रेडियो कार्यक्रम मा फोन गर्ने गरेको प्रमोद ले बताउनुभयो । रेडियो कार्यक्रम मा फोन गर्दै जादा मैले पनि रेडियो मा यसरी नै बोल्न पाए कस्तो हुन्थ्यो भन्ने कौतुहलता आफूमा रहेको उनको भनाइ रहेको छ । पत्रकारिता मन परेकाले कक्षमा ११/१२मा पत्रकारिता पढे तर पढाई अनुसारको जागिर दिन रात गरेर १ वर्ष सम्म खोज्दा पनि नपाएर होटलमा भाडा माझ्ने काम गर्ने बाध्य भएको उनि बताउँछ्न। 

 

यसै क्रममा उनले होटलमा काम गरेता पनि आफ्नो पत्रकारिता को भविष्य लाई अगि बढाउन समचार लेखनको तालिम सिकेकै आधारमा समाचार लेख्न थाल्नुभयो यस बिचमा बिभिन्न अन्लाईन न्युज मिडियामा संवाददाता बन्दै गर्दा बिभिन्न समाचार फेसबुक को माध्यम बाट पठाउने काम प्रमोद ले गर्नु हुन्थ्यो ।

 

एउटा त पत्रकार बन्ने रूचि भए पनि होटलमा काम गर्दै गरेर भए पनि समाचार लेख्न भने प्रमोदले छोडेका छैनन । उनि बिशेष गरी आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, बिकास निर्माण, धर्म संस्कृति, पर्यटन, गाउँ समाजमा लुकेर रहेका घटनाक्रम, विषयबस्तु लगायतका विभिन्न बिघामा कलम चलाउछन । 

 

उनले अहिलेसम्म धेरै समाचार लेखिसकेका छन् भने उन्ने लेखेका लेखहरु, उनका जिवनीको लेख अरु मिडियाहरुले प्रकाशन गरेका छन। 

 

यति छोटो समयमा धेरै समाचार लेखिसकेका प्रमोद बिभिन्न राजनीतिक दल, जनप्रतिनिधि बाट भने अपहेलित छन । आफूले गरेको राम्रो काम को समाचार लेखे खुसि हुने नराम्रो काम को लेखे हेर्ने दृष्टिकोण नै परिवर्तन गर्ने गरेको उनको भनाइ छ । 

 

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको पछि को चौथो अंग पत्रकारिता हो । समाजमा रहेका जान्ने बुझ्ने व्यक्तित्व हरू ले हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिन थालेपछि पत्रकारिता गर्न प्रमोद लाई असहज महसुस भएको भनाई छ ।

 

पत्रकारितामा रुचि भए पनि राम्रो पारिश्रमिक पाउँन नसके पछि होटलमा काम गर्दै दिनको केहि समया पत्रकारितामा लागिरहेको उनले बताए। 

 

 

उनि हुन त कुनै प्रेस संगठन / नेपाल पत्रकार महासंघ सम्म जोडिएका पत्रकार भने होईनन तर समाचार कै माध्यम बाट भए पनि समाजका बिकास निर्माण का गतिविधि,धार्मिक, सांस्कृतिक, पर्यटन; आर्थिक, भौतिक कुराको निगरानी संगै कुरीति, कु संस्कार र सामाजिक बिभेद को अन्त्य गर्ने बिचारधारा भने रहेको प्रमोदले बताए । 

त्यहि मिहिनेत र परिश्रम ले गर्दाआज ३ वर्षको अन्तरालमा “sanoaawaj.com” नामक अन्लाईन न्युज मिडिया खोल्न सफल भएको उन्ले बताए। 

 

अरुको मिडियामा काम गरेर प्रधान सम्पादक को पदमा काम गरेका उनले आफ्नै मोडिया खोलेर काम गर्न पाउँदा खुसि रहेको बताए। 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *