Get Our Android App

भारतले बाँधको ढोका बन्द गर्दा कर्णालीमा बाढी

र्कर्णाली नदीमा निर्माण गरिएको भारतको गिरिजापुरी बाँधका सबै ढोका बन्द गरिएकोले राजापुर क्षेत्रमा बाढी पसेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताएका छन् । ५५ वटामध्ये अधिकांश ढोका बन्द गरेका कारण कर्णालीको बाढी बस्तीमा पसेको उनले जानकारी दिए ।

 

२०४० सालमा भारतले ढोका बन्द गर्दा ठूलो धनजनको क्षति भएको थियो । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बाँधका ढोका खुलाउन सशस्त्र प्रहरी निरीक्षकको टोली त्यसतर्फ पठाएको जनाए ।

 

ढोका खोल्ने पहल भइरहेको प्रजिअ सुनारले जनाए । यसैगरी बबईमा ५ दशमलव ५ मिटरमाथि बगे पनि स्थिर रहेको छ पहाडी र तराई क्षेत्रमा वर्षा नरोकिएकोले बाढीको जोखिम उच्च छ ।

Leave a Reply

Your email address will not be published.