Get Our Android App

बैतडीमा पहिरोले घर पुरियो : एकैपरिवारका ३ जनाको मृत्यु

वर्षापछि घर माथिबाट आएको पहिरोमा पुरिएर जिल्लाको शिवनाथ गाउँपालिका–६ मा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

मृत्यु हुनेमा स्थानीय भालु पार्कीका बुहारीद्धय १८ वर्षीया पवित्रा पार्की र २४ वर्षीया भानु पार्की तथा तीन वर्षीया नाती सोम पार्की रहेका छन्।उनीहरुको मंगलबार करिब तीन बजेको समयमा पहिरोमा पुरिएर मृत्यु भएको हो।

 

पहिरोका ककारण सञ्चार अवरुद्ध भएपछि घटनाबारे ढिलो जानकाकरी उपलब्ध भएको हो। खबर पाउन बित्तिकै पुगेको प्रहरी टोलीले तीनै जनाको शव निकालेर परीक्षणका लागि अस्पताल पठाएको बताइएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *