Get Our Android App

दलित भएकै कारण कुटेर मारिएको परिवारको दाबी

भरतपुर महानगरपालिका-४, चितवनका भीमबहादुर विश्वकर्माको कुटपिटबाट हत्या भएको विषयलाई लिएर दलित समुदाय आन्दोलित बनेका छन् ।

 

नारायणगढको पुल्चोकबाट करिब ३ किलोमिटर दक्षिण शिवघाट सडकको दुर्गाचोकमा महानवमीको दिन विहान करीब ९.३० बजेतिर ५८ बर्षीय भीमबहादुरलाई स्थानीय सीताराम बस्नेत र दिलिप श्रेष्ठले कुटपिट गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।

 

कुटपिट गर्ने सीताराम बस्नेत र दीलिप श्रेष्ठलाई पक्राउ गरी प्रहरीले ज्यानसम्वन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।यही घटनालाई लिएर पीडित परिवार, जनप्रतिनिधिले आइतबार प्रहरी कार्यालय अगाडि धर्ना दिएका छन् ।

 

सोमबार पीडित परिवारले पत्रकार सम्मेलन गरी दलित भएकै कारण कुटेर मारिएको भन्दै न्याय दिलाइदिन माग गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *