Get Our Android App

आजको टीका लगाउने राम्रो साइत १०:०२ बजे

काठमाडौँ — हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादसैंको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई, आशिर्वाद लिई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । 

 

 

विजयादशमीका दिन आज बिहान ८:१९ बजे देवी विसर्जन र बिहान १०:०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले सानो आवाजलाई जानकारी दिएका छन् ।

 

विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०:०२ बजेको दिइएको बताए । ‘अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १०:०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी विसर्जनसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन हुन्छ,’ अध्यक्ष अधिकारीले सानो आवाजको संवाददाता संग भने ।

 

समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न पनि समितिले आह्वान गरेको छ। 

Leave a Reply

Your email address will not be published.