Get Our Android App

मासुको विषयमा विवाद हुँदा छोराको हत्या गर्ने बाबु पक्राउ

खसिको मासु भाग लगाउने विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । 

 

 

दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले आफ्नो छोरालाईल धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले सानो आवाजलाई जानकारी दिए ।

 

 

गए मङ्गलबार राति करिब १० बजेतिर घटना घटेको प्रहरीको भनाइ छ । प्रहरीले घटनामा सङ्लग्न भएको आरोपमा निमबहादुरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले सानो आवाजलाई जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *