Get Our Android App

मुलुकभर थप ७८५ जनामा कोरोना पुष्टि, १२ को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार १ सय ९५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार ७ हजार २३३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६ सय ६३ जना र ६ हजार ९६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९५ हजार ९७७ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा ७८५ जना कोरोनामुक्त भए, १२ को मृत्यु

 

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ८८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७७ हजार ७ सय २ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा देशभर १२ हजार १ सय ९५ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ५१ हजार १९५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

 

यसैगरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *