Get Our Android App

तीन वर्षीया बालिकाको निधनपछि पाँचथर अस्पतालमा तनाव

पाँचथर । पाँचथर जिल्ला अस्पतालमा उपचाररत बालिकाको इन्जेक्सन लगाएलगत्तै निधन भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ ।

 

ज्वरो आएपछि अस्पताल भर्ना भएकी फिदिम नगरपालिका २ की ३ वर्षीया क्रिष्टिना थाम्सुहाङको निधन भएको हो । घटनालाई लिएर मृतकका आफन्तहरुले स्वास्थ्यकर्मीका लापरबाही भन्दै शव बुझ्न नमानेपछि अस्पताल परिसर तनावग्रस्त भएको हो ।ज्वरो आएपछि असोज १९ गते अस्पताल भर्ना गरिएकी क्रिष्टिनाको बुधबार बिहान साढे ७ बजे निधन भएको थियो ।

 

अस्पताल आएपछि स्वास्थ्यमा सुधार आएर आजै डिस्चार्ज गर्न लागिएकी बालिकालाई राउन्डमा आएका चिकित्सकले सुइ लगाइदिएलगत्तै निधन भएको मृतकका आफन्तले जनाएका छन् ।बेडमा आमासँग गफ गर्दै खाजा खाएकी बालिका सुइ लगाउनेबित्तिकै चिच्याएर बेहोस भएर २ मिनेट नबित्दै निधन हुनुमा स्वास्थकर्मीको लापरबाही भएको मृतकका काका युवराज थाम्सुहाङले दाबी गरे । अस्पतालले चित्तबुझ्दो जवाफसहित घटनाको यथार्थ सार्वजनिक नगरेसम्म शव नबुझ्ने उनीहरुको भनाइ छ ।‘एनाफाइलाटिक सक’का कारण बालिकाको निधन भएको हुनसक्ने अनुमान अस्पतालले दाबी गरेको छ । बालिकाको निधनपछि अस्पताल परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । समस्या समाधानका लागि २ घण्टादेखि वार्ता जारी रहे पनि कुनै निष्कर्ष निस्केको छैन । इकान्तिपुरबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *