Get Our Android App

इटहरीमा स्कुटीलाई ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु

इटहरी । स्थानीय लायन्सचोक पूर्व-पश्चिम सडकखण्डमा बुधबार राति ११ बजे भएको सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

 

इलाका प्रहरी कार्यालय पकलीका निरीक्षक प्रकाश श्रेष्ठका अनुसार इटहरी १७ लायन्सचोकदेखि पश्चिमतर्फ जाँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

 

मृतकहरुमा स्कुटर चालक इनरुवा नगरपालिका २ का २५ वर्षीय सुशान्त भट्टराई र संखुवासभा चिचिला २ का २० वर्षीय विभिषण विश्वकर्मा रहेका छन् । गम्भीर घाइते दुवै जनालाई कोशी अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतकहरूको शवलाई कोशी अस्पताल विराटनगरमा राखिएको छ । ट्रक चालक मकवानपुर जिल्ला हेटौंडा ९ का ३१ वर्षीय अर्जुन गिरी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *