Get Our Android App

७३ बर्षका अपाङता भएकालाई घरमै पुगेर सिडिओ गौतमले दिए नागरिकता

सप्तरी । सरकारी सेवा सुविधाबाट बंचित रहेका एक जना अपांगलाई सप्तरीका सिडिओले घरमा नै पुगेर नेपाली नागरिताको प्रमाण पत्र दिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर ४ मधवापुर निवासी बौवालाल गुरमैता यादव ७३ बर्षका भए । यत्रो उमेरसम्म उनले नागरिकता पाउन सकेका थिएनन् । जन्मैदेखि पूर्ण अपांग रहेका उनी जिल्ला प्रशासन कार्यालयसम्म जान सक्दैन्थे ।तर, उनले आफ्नो घरमै नागरिकता पाएका छन् ।

मंगलबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा गएको टोलीले गुरमैतालाई घरमै नागरिकता प्रदान गरेका छन् । जन्मैदेखि पूर्ण अपाङता रहेका यादव घिस्रेर हिंडने गर्छन् । ७३ बर्षको उमेरमा नागरिकता नपाउँदा सरकारी सेवासुविधाबाट बंचित रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *