Get Our Android App

दसैं मान्नकै लागि वर्षभरी भारतमा कमाएको पैसा सबै लु टियो…

पश्चिम तराई र पहाडवाट वैदेशिक रोजगारीका लागि भारत जाने चलन छ । वर्षभरी दुख गरेर चाडपर्व मनाउन केही रकम जम्मा गरेर घर फर्कन लागेका धेरै नेपाली सिमामा लु टिने गरेका छन् ।

अहिले भारतीय सिमानामा घर फर्कने नेपालीहरुको ठूलो भिड छ । दसैं तिहार मान्न केही पैसा कमाएर घर फर्किएका धेरै नेपालीले निकै सास्ती भोग्नुपर्छ । ५ महिनाअगाडि भारत गएर नेपाल फर्कन लागेका कैलालीको धनगढी उपमहानगरपालिकाका दीपक जोशी भारतको हिमाञ्चलमा स्याउ टिप्ने काम गरेर दसै मान्न घर फर्कन लागेका थिए ।

घर आउने बस कुर्न बसेको बेलामा उनको सबै पैसा लु टिएको छ । गत शुक्रबार दसैँ मनाउन भनेर दीपकसँगै १९ जना नेपाली घर फर्किँदै थिए। त्यही क्रममा उनीहरु भारतमै लु टिए । ‘कमाएको सबै पैसा लु ट्यो, अहिले बेखर्ची भएर घर पुगेका छौँ उनले भने । दीपकसँग घर फर्किरहेका ३ जनाको गरेर १ लाख ३० हजारभन्दा बढी रुपैयाँ लु टिएको हो। कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले दैनिक दुई हजार बढी नेपाली स्वदेश फर्किरहेका छन्।

 

केही दिन अगाडि सीमावर्ती सहर बनबासामा सुर्खेत र रुकुमका तीन युवकलाई पनि यस्तै भएको थियो । भारतको अल्मोडाबाट उनीहरुसँगै एउटै गाडीमा आएका कैलालीका एक नागरिकले उनीहरुको साथमा रहेको ५० हजार रकम लु टेका थिए।

Leave a Reply

Your email address will not be published.