काठमाडौं । २६ वर्षीया युवतीसँग बलपूर्वक सम्बन्ध कायम गर्ने एकजना पक्राउ परेका छन् । युवतीसँग सम्बन्ध राखेको आरोपमा पोखराबाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको हो ।
स्याङजा घर भइ पोखरा बस्दै आएका युवाले सो अपराध गरेका हुन् । २६ वर्षीया युवतीलाई धाक धम्की देखाएर सम्बन्ध राखेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार स्याङजा अर्जुन चौपारी घर भइ हाल पोखरा–१७ बिरौटा बस्दै आएका ३६ वर्षीय ख्यामबहादुर घर्ती पक्राउ परेका छन् ।

युवतीलाई पोखरा लेकसाइड खहरेमा रहेको एक होटलमा लगेर उनले उक्त अपराध गरेको जनाइएको छ ।
युवतीको जाहेरीको आधारमा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
पक्राउ परेका घर्तीलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।