Get Our Android App

बुधबार करेक्सन देखिएको नेप्सेमा बिहीबार ३२.५१ अंकको गिरावट

बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२.५१ अंकले घटेको छ। यसअघि साताको ३ दिन लगातार घटेको शेयर बजारमा बुधबार करेक्सन देखिएको थियो। बुधबार ५० अंकले बढेको थियो।

तर आजको कारोबारपछि परिसूचक २६३३ अंकमा झरेको छ। आज कारोबार रकम पनि निकै घटेको छ। दिनभर जम्मा ३ अर्ब ७० करोडको सेयर किनेबच भयो। बुधबार ५ अर्ब २ करोडको कारोबार भएको थियो।

आज ३३ कम्पनीको मूल्य बढेको छ। १४७ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *