Get Our Android App

महंगो रकम हालेर ४ बिएचकेको फ्लाट किनेकी सोनाक्षी सिन्हा अभिभावकसँगै बस्छिन् र उतै रमाउँछिन्

सोनाक्षी सिन्हा बलिउडको चर्चित नाम हो । सलमान खानको दंबग मार्फत डेब्यु गरेकी सोनाक्षीले त्यसपछि फर्केर हेर्नु परेको छैन । हुन त उनी बलिउडका खामोस सुपरस्टार शत्रुधन सिन्हा र पुनम सिन्हाको छोरी भएकोले चर्चा पाउनु कुनै ठूलो कुरा भएन ।

उनी अहिलेसम्म बिवादमा नआउने नायिकामा पर्छिन् । बुबाको इज्जत जोगाउन भन्दै उनी त्यस्ता अफवाहहरुबाट बच्ने कोसिसमा नै हुन्छिन् ।

आमाबुबाको लाडप्यारमा हुर्किएकी एक्ली छोरी सोनाक्षी आफैले सम्पत्ति कमाए पनि सानो सानो कुराको लागि अभिभावक सँग पैसा माग्ने गर्छिन् । उनीलाई यो कुरामा कुनै पछुतो छैन, उनी भन्छिन्, ‘आफ्नो सन्तानको हरेक चाहाना पुरा गरिदिने अभिभावकको रहर हुन्छ । म उहाँहरुलाई आफ्नो कर्तव्यबाट किन बञ्चित गराउने ? उहाँहरु त खुशी पो हुनुहुन्छ ।’

बलिउडमा कलाकारहरुले महंगो घर किनेको खबर त नौलो होइन । गतबर्ष नायिका आलिया भट्ट जान्हवी कपुरदेखि रणवीर कपुरले नयाँ घर किने ।त्यसपछि लगत्तै महंगो रकममा नयाँ घर किन्ने नायिकामा सोनाक्षी सिन्हाको नाम पनि थपिएको थियो ।

नायिका सिन्हाले मुम्बइको बान्द्रा इलाकामा ४ बिएचकेको फ्लाट किनेकी थिइन् ।नयाँ फलाट किनेसँगै मख्नै परेकी सोनाक्षीले पत्रकारहरुसँग खुलेर कुरा गरिन्, उनले भनिन् ,’काम शुरु भएदेखि नै फ्लाट किन्ने मेरो सपना थियो, जुन आज साकार भएको छ ।’म अब ३० वर्षको भइसके, मैले सधै आमाबुबा र भाइहरुको घरमा बसेर पनि हुदैन, मैले आफ्नो बारेमा आफै सोच्नुपर्छ भनेर यो किनेको हो । उनले भनिन् ।

तर अचम्मको कुरा के छ भने, उनी भने यो घरमा बस्दिन्न । उनी आफ्नो अभिभावकसँगै बस्छिन् र उतै रमाउँछिन् । भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनिन्, ‘हो, आफ्नै घर किन्नु मेरो बचपनको सपना हो । त्यसैले मैले घर किने तर मैले घर किने भन्दैमा म मेरो भगवान जस्तो आमा बुबालाई छाडेर एक्लै बस्न सक्दिन । भनिन्छ अभिभावकमा भगवानको बास हुन्छ म मेरो भगवानरुपी परिवारसँग नै रमाउँछु ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *