संगित क्षेत्रमा लामो समय देखि सक्रिय गायक प्रकाश पुरी र र गायिका सावित्री के सी ’को आवाजमा बिल्कुलै नयाँ गीत “ दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
देशमा धमाधम दशैंका गीतहरु सार्वजनिक भैरहेका बेला’ चर्चित गीतकार मदन थापाको रचनामा दशैं तिहार बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
“ दशैं तिहार’ बोलकोगीतलाई गीतकार मदन थापाले हाम्रो राष्ट्रिय चाड पर्व दशैं तिहारको रौनक र आफ्नो संस्कृति र सम्पदालाई सम्झेर गीत लाएँ’ तर यहि बेला विभिन्न ठाउँमा बाडी पहिरोले बिचल्ली बनाएको पिडाहरुलाई यस गीतमा समेटेर दर्शकमाझ पस्केको बताउछन् ‘।
भिडियोलाई दर्पण यात्री’ले संगीत सम्योजन गरेका छन्’ गीतको भिडियोलाई मरुभूमि नारायणले खिचेका हुन् भने’ भिडियोमा निरेन श्रेष्ठको निर्देशन रहेको छ । भिडियोलाई संगीत बानियाले सम्पादन गरेका हुन् ’ गीतको भिडियोलाई सुभ साईत् म्युजिक यूट्युब च्यानलमा हेर्न सकिन्छ ।
भिडियोमा टिका सानु’ रश्मि भट्ट’उद्दब घिमिरे’ कुमार नेपाल’को मन मोहक अभिनय रहेको छ । आउनुहोस उक्त गीतको भिडियो हेरौं”