Get Our Android App

राजाको श्रीपेच चोर्न खोज्ने व्यक्ति बारे खुल्यो यस्तो वास्तविकता,चोर्न कसले पठाएको थियो (भिडियो हेर्नुस्)

सुन्दै आश्चर्य लाग्ने,राजाले पहिरिने श्रीपेच चोरीको प्रयास भएको छ ।राजाको सबभन्दा मुख्य र महत्त्व पुर्ण चीज नै श्रीपेच भएको हामीलाई थाहा छ ।तर त्यस श्रीपेच जो अहिले नारायणहिटी दरबारमा सेनाहरुको माझ कडा सुरक्षाको बीच राखिएको छ त्यसलाई पनि चो र्ने प्रयास गरिएको छ ।

श्रीपेच चो र्न आएका व्यक्तिको मानसिक संतुलनपनि ठिक नभएको हामीले पायौं ।उनी रुकुम जिल्लाका खिमबहादुर घर्ती मगर लगभग २६ वर्षका व्यक्ति हुन् ।सबै कर्मचारीहरु अरु आएका मान्छेलाई दरबार बारे बुझाउदै गर्दा खिमले भने त्यहाँ सजाएर राखिएको खुकुरी झिकेर श्रीपेच राखिएको बक्सा फोड्न खोजेका थिए ।

सुरक्षाकर्मीहरुको कडा निगरानीमा रहने गरेको त्यसबेला उनले खुकुरी निकालेपछि सबै कर्मचारीहरुले देखेपछि उनलाई नियन्त्रणमा लिएको हामीले पायौं ।उनले खुकुरी निकाल्ने बित्तिकै नियन्त्रणमा लिइएको हुँदा खिमले श्रीपेचमा हमला गर्न सक्ने अनुमान मात्र सबैले गरेका हुन् ।

खिमको बयान अनुसार देशका नेता र राजा कसैले पनि देशको लागि काम गर्न नसकेको हुँदा अब आफू नै अगाडि आएर श्रीपेच लगाइ राजा बनी देश चलाउने उनको भनाइ बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *