Get Our Android App

छोराहरुको जीत र हार पछि भरतमणि र विक्कीका आमा-बुवा मिडियामा (भिडियो हेर्नुस्)

कमेडी च्याम्पियन २ जित्न सफल भएका भरतमणी पौडेलको चिया पसल पुग्दा उनका भाइबहिनीले भरत र उनीहरूको सम्बन्ध बारे कुरा गरेका छन् ।भरतका एक बहिनी कोपिला पौडेल र भाइ नुबेश पौडेल छन् ।आफ्नो दाजु भरत च्याम्पियनको उत्कृष्ट ३ मा परेको र उनको मेहनतले हाँगा हालेको देख्दा दुबै जना निकै खुशी छन् ।

दाजु यतिसम्म आइपुगेको र अब विजेता बनेको हेर्ने उनिहरुको इच्छा छ ।सानै देखि भरत निकै चंचल रहेको ,अरुको नक्कल गर्ने र गाउँमा प्रोग्राम हुँदा गीतहरू गाउने गरेका बहिनीले बताइन् ।सबैको दाजुबहिनी जस्तै भरतसंग झ गडा गर्ने,जिस्किने रहेको हुँदा दाजुसँग एकदमै राम्रो सम्बन्ध रहेको बताए ।

हिजो कमेडी च्याम्पियनको फाइनल थियो र उनी अहिलेसम्म प्रतियोगितामा विजय हासिल गर्न भोट माग्न निकै बेस्त थिए ।तर हिजो राती प्रतीक्षाको घडी समाप्त भयो र उनी कमेडी च्याम्पियन २ को विजेता भएका छन् । उनले नगद २५ लाख र एउटा कार जितेका छन् ।

विजेत भएपछि भरतका आमाबुबाले आफू निकै खुशी भएको र छोराले नै जित्नेमा आफू विश्वस्त रहेको कुरा बताए ।उनीहरूले गाउँमा चिना हेराउदा पनि भरत देशकै छोरा हुने देखिएको थियो र त्यो कुरा अहिले सावित हुँदै जादा आफू निकै खुशी रहेको बताए ।साथै बिक्की अग्रवालकि आमाले भरतले जितेकोमा आफू पनि खुशी भएको र ३ जानै आफ्नै छोरा जस्तो भएकाले आफू खुशी रहेको बताइन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published.