Get Our Android App

मलेसियामा मृत्यु भएका ६ नेपालीको शव र १५ जनाको अस्तु नेपाल ल्याइयो

काठमाडौं । मलेसियाबाट ६ जना नेपाली श्रमिकको शव नेपाल ल्याइएको छ भने अन्य १५ श्रमिकको अस्तु पनि ल्याइएको छ ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृत्यु भएकाहरुको शव र अस्तु ल्याइएको हो । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।

कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन । विदेशमा मृत्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ ।

सरकारले मृतकका आफन्तको घरसम्म शवबाहनमा शव पुर्‍याउने गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *