Get Our Android App

सीमा बिषयमा भारतले राख्यो चीनसंग यस्तो प्रस्ताव

विवादित हिमाली सीमामा खटिएको सुरक्षा फौज फिर्ता भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दुसान्वेमा आयोजित क्षत्रीय भेलाको अवसरमा भारतले चीन समक्ष यस्तो प्रस्ताव राखेको हो।

स्रोतका अनुसार भेटमा दुई देशबीचको सीमा सुरक्षा सम्बन्धमा छलफल भएको थियो । यस अवसरमा भारतीय विदेशमन्त्रीले आफूहरुको विवादित हिमालयन बोर्डरमा खटिएका चीन र भारतका सेना फिर्ता गरे मात्र दुईपक्षीय सम्बन्ध राम्रो हुने बताए ।

भेटपछि विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत उल्लेख गरेका छन् , ‘भेटमा सीमा क्षेत्रबाट सेनालाई हटाउने सम्बन्धमा छलफल भयो । हिमालयन सीमा क्षेत्रमा खटिएका चीन र भारतका सेनालाई दुबै देशले हटाएमा दुबै देशबीच सम्बन्ध राम्रो हुनेछ । दुई पक्षीय विकासको लागि सीमाबाट सेना हटाउन आवश्यक छ ।’

हजारौँ भारतीय र चिनियाँ सैनिक सीमावर्ती हिमालयन क्षेत्रमा खटिएका छन् । दशकौँ लामो हिमालयन क्षेत्रको सीमा विवादमा गत वर्षदेखि दुबै देशका सेनाबीच टकराव जारी छ । सीमा विवादकै कारण चीन र भारतबीच सन् १९६२ मा युद्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published.