Get Our Android App

दशैंमा उपत्यका बाहिर जानेहरुका लागि अग्रिम टिकट खुलाउन सहमत

सार्वजनिक यातायात केन्द्रीय महासंघ दशैंमा उपत्यका बाहिर जानेहरुका लागि अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउन सहमत भएको छ ।

यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो।

यातायात व्यवस्था विभागमा शुक्रबार भएको छलफलमा आफूहरु अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए । उनका अनुसार महासंघमा करिब १०० वटा कम्पनी आवद्ध छन् र एकतिहाइ बस उपत्यका बाहिर लामो रुटमा चल्ने गरेका छन् ।

यात्रुलाई सजिलै घर जान पाउने व्यवस्था मिलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए । गत आवमा अग्रिम टिकट नखुलाएर पनि फर्कन चाहनेलाई व्यवस्था मिलाइएको थियो, सिटौलाले भने, यस वर्ष पनि सबैलाई घरघरमा पुर्‍याइनेछ ।

सामान्य अवस्थामा दसैं तिहारभन्दा अघिको केही सातामा झण्डै २५ लाख यात्रु ओहोरदोहोर गर्ने भए पनि सङ्क्रमणका कारण त्यो सङ्ख्या यति हुन्छ भन्ने यकिन छैन ।

‘पुरानो बसपार्कबाट छोटो तथा मध्यम दूरीका १० जिल्लाका लागि बस छुट्छन्। तर बसपार्कमा महानगरपालिकाले रोक्न दिएको छैन। कोटेश्वर सडकमा बस पार्किङ गर्दा सडक नै अस्तव्यस्त बन्ने गरेको छ,’ उनले भने।

अरनिको राजमार्गमा चल्ने सवारीका लागि ट्राफिक प्रहरी कार्यालय तिनकुनेदेखि बालकोटसम्मको करिडोरमा गाडी राख्ने व्यवस्था मिलाउनसमेत महासंघले आग्रह गरेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *